समाचारसोमबार, साउन ७, २०७०
पहिरोमा परेर पाँच वेपत्ता
६ साउन राती आएको पहिरोले घर वगाउँदा मार्वु–१ का पाले थामीका पाँच परिवार बेपत्ता भएका हुन । वेपत्ता हुनेमा पाले थामी(७०), उनकी श्रीमती, छोरी जमुना, नाती विनु र नातीनी संजु थामी छन् । वेपत्ताहरूको खोजी कार्यका लागि इलाका प्रहरी कर्यालय सिगटीबाट प्रहरी परिचालन गरिएको छ ।
पहिरोका कारण सोही ठाउँका सात घर परिवार विस्थापित भएका छन् । स्थानीय युवा गुरुङ, सखबहादुर थामी, टहलबहादुर मगर, चलचित्र मगर, सचेत थामी पुर्णबहादुर मगरलगायतका परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
सर्मिला बुढाथोकी, दोलखा
