थप समाचारसोमबार, साउन ७, २०७०

बेलायतमा गगन थापालाई कालो झण्डा

हिमालखबर

-रमेशकुमार, बेलायत

तस्वीरः रमेशकुमार

२१ जुलाईमा रिडिङमा आयोजित फण्ड रेजिङ च्यारिटी डिनरमा विशिष्ट अतिथिको रुपमा उपस्थित थापालाई सम्बोधन गर्न मञ्चमा पुगे लगत्तै नरेश काङबाङसहितका कार्यकर्ताहरुले उनीविरुद्ध नाराबाजी र हुटिङ गर्दै कालो झण्डा देखाएका हुन् ।

जनजाति महासंघका पूर्व महासचिव तथा संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य आङकाजी शेर्पाका मान्छेहरूले होहल्ला गर्दै झण्डा देखाएका थिए । आयोजक संस्थाका जनजाति नेताहरूले प्रहरी बोलाएर होहल्ला गर्नेहरुलाई पक्राउ गर्न लगाएका थिए ।

विरोधीहरुको अवरोधपछि थापा करिब १५ मिनेट मञ्चमा मौन उभिनुपरेको थियो । उनीहरु निस्केलगत्तै थापाले कार्यक्रमलाई सम्बोधन गरेका थिए । थापाले नेपालमा विविध विषयमा अनेकौं पार्टी र समूहबीच मतान्तर रहेपनि त्यो जोडिनै नसक्ने अवस्थामा नपुगिसकेको बताए ।

उनले निजी अडानको नभएर समाधानको दृष्टिले हेर्नसके देशको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन गर्न सम्भव रहेकोमा जोड दिए ।

थापाले बहुलता नेपालको शक्ति भएकाले एक पहिचानलाई भन्दा साझा पहिचानलाई स्वीकार्नुपर्ने बताए । एनआरएन संघ युकेले विपत्तिमा परेकाहरुका लागि फण्ड बनाउन च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>