समाचारसोमबार, साउन ७, २०७०

उच्चस्तरीय समिति र लोकतान्त्रिक मोर्चाबीच वार्ता

हिमालखबर

राजनीतिक समितिका संयोजक पुष्पकमल दाहालले औपचारिक रुपमै पत्र पठाएपछि मोर्चा समितिसँगको छलफलमा आएको हो । समितिको कार्यालय नयाँवानेश्वरमा ७ साउनमा बसेको बैठकमा निर्वाचन प्रक्रियाका विषयमा कुरा निमिले पनि दुवै पक्षले छलफल सकारात्मक भएको बताएका छन् । बैठकमा मोर्चाले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधिसको पदवाट राजीनामा दिनुपर्ने, जनसंख्याको आधारमा क्षेत्र निर्धारण गरिनुपर्ने र संविधान संसोधनका लागी २५ बुँदे वाधा अड्काउ फुकाउलाई संसोधन गर्नुपर्ने अडान राखेको थियो ।

त्यसैगरी समानुपातीतक तर्फको सिट संख्या घटाइएकोमा पनि मोर्चाले आपत्ति जनाएको थियो । बैठक पछि संचारकर्मीहरुसँग कुरा गर्दै मोर्चाका प्रवक्ता परशुराम तामाङले राजनीतिक सहमतीवाट अघि बढ्नुपर्छ भन्नेमा आफूहरु सकारात्मक रहेको भन्दै चार दलीय संयन्त्र खारेज गरि विगतका गल्तीलाई नसच्याए सम्म निर्वाचनको वातावरण नवन्ने बताउनुभयो । छलफलका क्रममा चार दलका नेताहरुले विगतमा आफूहरुवाट भएको गल्तीलाई स्विकारेको भन्दै प्रवक्ता तामाङको भनाई थियो ।

समितिका तर्फवाट एमाले नेता रघुजी पन्तले मोर्चाकाले आफ्ना पुरानै एजेण्डालाई प्रस्तुत गरेको भन्दै मागमा लचिलो बनेर आउन आग्रह गरेको जानकारी दिनुभयो । मोर्चाले राखेका मागमा समितिमा छलफल गरी पुनः बैठक बस्ने नेता पन्तको भनाई थियो । समितिले पछिल्ला दिनमा संविधानसभा निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुसँगको छलफललाई तिव्रता दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>