थप समाचारमंगलबार, साउन ८, २०७०
यसकारण छाडें फोरम लोकतान्त्रिकः साह
पार्टी अध्यक्ष विजयकुमार गच्छदार मधेशविरोधी गतिविधिमा संलग्न रहेको र मधेशीविरोधी राजनीतिक दलहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै पूर्वराज्यमन्त्रीसमेत रहेका साहले ७ साउनमा पार्टीका सम्पूर्ण जिम्मेवारीलगायत साधारण सदस्य पदबाट राजिनामा दिएका हुन् । मधेशको जनादेशअनुरुप स्वायत्त मधेश प्रवेश, समावेशिता र पहिचानको लडाइँलाई अघि बढाउन आपूmहरुले हरसम्भव प्रयास गर्दा पनि पार्टी अध्यक्षको मधेशविरोधी कार्यशैलीका कारण सम्भव नभएको उल्लेख गर्दै पूर्वसभासद् साहले अध्यक्षको मधेशविरोधी क्रियाकलाप र उपेक्षात्मक व्यवहारका कारण पार्टीका संस्थापक सदस्यहरु पार्टीबाट बाहिरिदैँ गएको बताएका छन् ।
अध्यक्ष गच्छदारलाई सम्बोधन गरी लेखिएको राजिनामा पत्रमा नेता साहले पार्टी परित्याग गर्नुका कारणबारे छवटा बुँदा उल्लेख गरेका छन् । उनले पार्टी अध्यक्ष गच्छदार उपप्रधान तथा गृहमन्त्री रहँदासमेत मन्त्रिपरिषद्बाट मधेशविरोधी निर्णयहरु पारित भएको र राज्यविहीन मधेशीहरुलाई नागरिक्ताको प्रमाणपत्र दिलाउन नसकेको आरोप लगाए । अध्यक्ष गच्छदारले सबैखाले अध्यादेश पारित भइरहँदा समावेशी अध्यादेश जारी गराउन भूमिका निर्वाह गर्न नसकेको र मधेशविद्रोका शहिदको सपना रहेको स्वायत्त मधेश प्रदेशको विरुद्धमा अभिव्यतिm दिएकाले पनि पार्टीमा रहिरहनुको औचित्य नभएको साहले बताए । राजिनामापत्रमा उल्लेखित अन्य बुँदामा मधेश विद्रोहको देन रहेको पार्टीको नाउँ परिवर्तन गर्ने अग्रसरताले आफू आहत भएको उनले बताए ।
संविधानसभाको निर्वाचनमा धनुषा जिल्लाको क्षेत्र नं.४ बाट निर्वाचित नेता साहले मधेशका माग र मुद्दाको सम्बोधन हुन नसक्नुमा पार्टी दोषी रहेको राजिनामा पत्रमा दाबी गरेका छन् । यसअघि पनि पार्टी नेतृत्वसँग असन्तुष्ट भएका साह मधेश क्रान्ति फोरम नामक सामाजिक संस्थामार्फत् मधेशमा राजनीतिक सचेतना अभियान सञ्चालन गरेका थिए । पछिल्लोपटक पार्टीमा सक्रिय भएका साह भने पार्टी नेतृत्वको मधेशविरोधी शैलीमा परिवर्तन नआएपछि असन्तुष्ट रहँदैआएका थिए ।
