समाचारमंगलबार, साउन ८, २०७०
पूर्वराजामात्रै हैन पूर्वपञ्चहरुसँग पनि सहकार्य हुन्छः वैद्य
नुवाकोटको विदुरमा ८ साउनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी अध्यक्ष मोहन वैद्यले राष्ट्रियताका विषयमा संयुक्त मोर्चाको विकल्प नरहेको भन्दै सच्चा राष्ट्रियताको भावना भएका पूर्वराजा र पूर्व पञ्चहरुसँग पनि सहकार्य गर्न सकिने बताएका छन् ।
उनले राष्ट्रियताका विषयमा जोसँग पनि सहकार्य हुन सक्ने भन्दै दरबारियालाई अपवित्र र संसदवादीलाई पवित्र ठान्ने मानसिकतामा परिवर्तन ल्याउनु पर्ने जिकिर गरे ।
सरकारले वार्ताको पत्र पठाउनु सकारात्मक भएको उल्लेख गर्दै अध्यक्ष वैद्यले सरकारले सशर्त होइन भनेर स्पष्ट पारेपछि मात्र वार्तामा बस्ने बताए ।
महासचिव रामबहादुर थापासहित आएका अध्यक्ष वैद्यको टोलीले विदुरमा कार्यकर्तालाई प्रशिक्षणसमेत दिएको थियो ।
