समाचारमंगलबार, साउन ८, २०७०

आयोगद्वारा मतदाता नामावली सार्वजनिक

हिमालखबर

निर्वाचन आयोगले नगरपालिकाको वडा कार्यालय र गाविसको कार्यालयमार्फत् आज मतदाता नामावली सार्वजनिक गरेको हो ।

असार मसान्तसम्म दर्ता भएको फोटोसहितको मतदाता नामावली दाबी विरोधका लागि प्रकाशन गरिएको आयोगले जनाएको छ । आयोगले आफ्नो विवरणमा कुनै त्रुटी भएको भए वा हालको ठेगाना परिवर्तन भए सच्याउन १२ साउनसम्मको समय दिएको छ ।

आयोगले सूचना जारी गरी कसैको नाम र विवरणमा आफ्नो दाबी विरोध भए ६ दिन ( १४ साउन) भित्र प्रमाणसहित पेश गर्ने समय आयोगले दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>