समाचारमंगलबार, साउन ८, २०७०
हिमानी कोषले राहत वितरण नरोक्ने
७ साउनदेखि जारी भएको निर्वाचन आचारसंहिता विपरीत नजान निर्वाचन आयोगले हिमानी कोषलाई आदेश दिएको भन्ने आसयका समाचारहरू सार्वजनिक भएका बेला कोषका पदाधिकारीहरूले ८ साउनमा पत्रकार सम्मेलन गरेर राहत वितरणसम्बन्धी कार्यक्रमबारे जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा कोषकी सचिव विजयालक्ष्मी राणाले जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा बाढी प्रभावितलाई राहत वितरण गर्ने पूर्वनिर्धारित कार्यक्रम भएकाले आचारसंहिताले नरोक्ने बताइन् ।
निर्वाचन आयोगबाट आदेश नआएको र राहत वितरणका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट अनुमति लिइएकाले कार्यक्रम नरोकिने राणाले बताए । बाढीपीडितलाई राहत उपलब्ध गराउन पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धनगढी पुगेका हुन । ९ साउन दार्चुला, ११ मा कैलालीको टीकापुर र १३ साउनमा महेन्द्रनगरमा हिमानी कोषमार्फत बाढी पीडितलाई राहत वितरण हुन लागेको हो ।रासस
