समाचारबुधबार, साउन ९, २०७०
बस दुर्घटनामा दुईको मृत्यु, १५ घाइते
पश्चिमबाट पूर्व गइरहेको मे १ ख १२९८ नम्वरको यात्रुबाहक बस अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किँदा बसको अगाडिको सिटमा बसेकी झापा दमक–१० की ३५ वर्षीया गंगा सापकोटा र भरौल–३ सुनसरीका ४२ बर्षीय शिशिर चोङवाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते १५ जनाको विर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सूर्य सुवेदीले बताएका छन् ।
गोपाल गडतौला, झापा

