समाचारबुधबार, साउन ९, २०७०

‘राजा र माओवादी सहकार्यको पहिलो प्रस्तावक भट्टराई’

हिमालखबर

९ साउनमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी नेता नरेन्द्रजंग पिटरको संयोजनमा नेपालगञ्जका पूर्व मेयर धवल शम्शेर राणाको घरमा भएको वार्तामा बाबुराम भट्टराईले आफूसँग राजा र माओवादीवीच सहकार्य गरेर अघि बढ्नु पर्ने र त्यस्तो अवस्थामा पूर्व राजालाई पहिलो राष्ट्रपति वा अधिकार विहीन राजाको रुपमा स्वीकार्न आफूहरु तयार रहेको प्रस्ताव गरेको खुलासा गरेका छन् ।

पहिलो संविधानसभाको निर्वाचन पूर्व भट्टराईले गरेको उक्त प्रस्तावमा तत्कालिन नेपाली कांग्रेस र नेकपा एमाले सहितका प्रजातान्त्रिक दलहरुलाई ‘बाईपास’ गरेर सहकार्य गर्नु पर्ने सिधा प्रस्ताव रहेको थापाले बताए ।

सशस्त्र द्वन्द्वका बेला हापुरेको वार्तामा पनि भट्टराईले लामो ब्याख्या गर्दै राजा र माओवादीवीच सहकार्य भए राजसंस्था राख्न आफूहरु सहमत रहेको प्रष्ट धारणा राखेको अध्यक्ष थापाको दाबी थियो ।

“मोहन बैद्यले अहिले राजा र माओवादीवीचको सहकार्यको कुरा गर्नु भएको छ यो पहिला नै बाबुराम भट्टराईले राखिसकेको प्रस्ताव हो,” अध्यक्ष थापाले भने, “फेरि बाबुरामजीले गणतन्त्र आएपछि पनि सांस्कृतिक राजतन्त्रको कुरा गरेकै हो ।”

सुदुरपश्चिमका बाढी पीडित जनताको लागि राहत वितरण गरेको विषयलाई लिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्नु पर्छ भनि दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै अध्यक्ष थापाले भने, “प्रधानमन्त्रीबाट हटेपछि बाबुरामजीको अभिब्यक्ति, ब्यवहार र कार्य हेर्दा उहाँलाई आरामको आवश्यकता छ, म उहाँलाई ध्यान, योग र आध्यात्मिक चिन्तन गर्न सुझाव दिन्छु ।”

उनले विपत्तिमा परेका जनतालाई राहत दिने पूर्व राजालाई जेल हाल्ने कुरा आपत्तिजनक भएको भन्दै यसले भट्टराईको दरिद्रता र राप्रपा नेपालको भोट बढेको दावी समेत गर्न भ्याए ।

राजावादी र माओवादीबीच सहकार्य हुने
थापाले ४ मंसीरका लागि लागि तय भएको संविधानसभाको निर्वाचन अवरुद्ध भए राजावादी र माओवादी बीच सहकार्य हुने घोषणा गरेका छन् ।

उनले नेकपा–माओवादीको कारण नभई चार दलको कारण निर्वाचन अवरुद्ध हुनसक्ने आरोप लगाउँदै त्यस्तो अवस्थामा राष्ट्रियताको रक्षाको लागि राजा र माओवादी सहित सबै राष्ट्रबादी शक्तिहरुको सहकार्यमा आन्दोलन हुने दाबी गरे ।
थापाले नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, सचिवहरु नेत्रविक्रम चन्द्र र देब गुरुङसँग आफ्नो भेटवार्ता भएको र अहिले पनि नियमित सम्पर्क भईरहेको खुलासा गरे ।

उनले मोहन बैद्यसँग विभिन्न पार्टीमा हिन्दु धर्म र संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्रका समर्थक नेताहरुसँग पनि नियमित सम्पर्क भईरहेको जानकारी साक्षात्कारमा दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>