थप समाचारबिहीबार, साउन १०, २०७०
खोलामा खसेर वेपत्ता

खोलामा खसेर केशव पराजुली वेपत्ता भएपछि १० साउन विहान फिर्के खोलामा जम्मा भएका आफन्त र स्थानीयबासी । तस्वीरः माधव बराल
९ साउन राति साढे ९ बजेतिर सडकबाट चिप्लेर पोखराको मध्यभागमा रहेको फिर्के खोलामा खसेका चिप्लेढुङ्गाका ५० वर्षीय केशव पराजुली वेपत्ता भएका छन् ।
उनका भतिजा हेमन्त पराजुलीका अनुसार राति दुई जना साथीसँगै हिड्दै घर आउँदै गरेका पराजुली सुरुङ बनाएर बगेको फिर्के माथिको सडक छेउमा पिसाव फेर्न खोज्दा चिप्लिएर खोलामा खसेका थिए ।
रातिदेखि नै पराजुलीको खोजी गरिएपनि फेला पार्न नसकिएको कास्कीका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए । रातभर वर्षा भएकोले खोलामा पानीको सतह बढेको थियो ।
पराजुलीको खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी जुटेका छन् ।
माधव बराल, पोखरा
