समाचारबिहीबार, साउन १०, २०७०
मंसीरमा चुनाव नभए सरकार र दल सबै असफल: महतो
जनकपुरमा १० मंसीरमा आयोजित पत्रकार सम्मेलनमा सदभावना अध्यक्ष राजेन्द्र महतोले ४ मंसीरमा निर्वाचन नभए राजनीतिक दल र सरकार दुबैको अर्को असफलता हुने भएकोले जसरी पनि निर्वाचन हुनै पर्नेमा जोड दिएका छन् ।
महतोले निर्वाचनअघि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने र समानुपातिकतर्फको सिट संख्या बढाईनुपर्ने भन्दै उक्त कार्य साउन महिनाभित्र सम्पन्न भइसक्नु पर्ने बताए ।
उनले निर्वाचन आयोगले संकललन गरेको मतदाता नामाबलीमा अझै ५० लाखभन्दा बढी मतदाता दर्ता हुन नसकेकोले मतदाता नामावली संकलनको म्याद केही समयका लागि थप गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
दुई दिनअघि मात्रै मधेशी जनाधिकार फोरम लोकतान्त्रिक परित्याग गरी सदभावना प्रवेश गरेका पूर्व सभासद सञ्जय साहलाई सँगै राखेका अध्यक्ष महतोले शाहीकालका मन्त्री बद्री मण्डल पनि सदभावना पार्टीमा प्रवेशको तयारीमा रहेको बताए । उनले भने, “बद्री मण्डलजीले संघीयता र गणतन्त्रलाई आत्मसात् गरेको हुनाले छिट्टै उहाँलाई सद्भावना पार्टीमा प्रबेश गराउने तयारी भइरहको छ ।”
इश्वरचन्द्र झा, जनकपुर
