समाचारबिहीबार, साउन १०, २०७०

नेकपा–माओवादीद्वारा निर्वाचन बहिस्कार अभियान घोषणा

हिमालखबर

१० साउनमा रत्नपार्क शान्तिबाटिकामा भएको बहिस्कार सभामा नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले प्रतिकात्मक रुपमा बनाइएको मत पेटिका फुटाएर निर्वाचन बहिस्कार आन्दोलन शुरु गरेका छन् ।

सभालाई सम्बोधन गर्दै महासचिव थापाले आजबाट स्वाधिनताको आन्दोलनको नयाँ सुरुवात भएको भन्दै यो सुगौली सन्धीदेखि शुरु भएको स्वाधिनता आन्दोलनको नयाँ शुरुवात भएको दाबी गरेका थिए ।

यस्तै पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी माओवादी अध्यक्ष मोहन बैद्यले आफूहरुको माग सम्बोधन नगरिए चुनाव बहिस्कार आन्दोलनका क्रममा सडकबाटै जनताको संविधान घोषणा गर्ने बताए । उनले निशर्त वार्तामा बस्न तयार रहेको भन्दै आन्दोलन र वार्तालाई एकसाथ लैजाने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>