समाचारशुक्रबार, साउन ११, २०७०
कास्की कारागारबाट कैदी भागे
११ साउन बिहान साढे सात बजेतिर जर्वजस्ती करणी मुद्धाका प्रतिवादी २५ वर्षिय हेमकुमार तामाङ कारागारबाट भागेका हुन् । प्रहरीका अनुसार विहान कारागारका कोठामा सरसफाई गरेपछि फोहोर फाल्ने क्रममा उनी भागेका हुन् ।
कास्कीको सैमराङ गाविस घर भई पोखरा फुलबारी बस्दै आएका तामाङले कक्षा ६ मा पढ्ने एक बालिकालाई बलात्कार गरेका थिए । घटनापछि तीन हप्तासम्म फरार रहेका उनलाई गत कार्तिकमा पक्राउ गरिएको थियो भने अदालतले मंसीरमा पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । फरार कैदीको खोजीकार्यलाई तिव्र पारिएको प्रहरीले बताएको छ ।
-माधव बराल, पोखरा
