समाचारशुक्रबार, साउन ११, २०७०
सभापति कोइराला भारत जाने
असोज २०६७ मा सम्पन्न पार्टीको १२ औं महाधिबेशनपछि कोइरालाले गर्न लागेको भारतको यो नै पहिलो औपचारिक भ्रमण हो ।
भ्रमणका क्रममा सभापति कोइरालाले भारतीय राष्ट्रपति प्रणब मुखर्जी, प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आइकी अध्यक्ष नेतृ सोनिया गान्धीसहित बिपक्षी दलका नेताका साथै बिभिन्न राजनीतिक दलका उच्च नेताहरुसंग भेट्ने कार्यक्रम छ ।
संबिधानसभा चुनाब घोषणापछि यसअघि २६ जेठमा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले भारत सरकारको निम्तोमा छ दिने भ्रमण गरेका थिए । चुनाब घोषणा हुनुअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमण गरेका थिए भने एमाले नेता माधब नेपाल हाल भारत भ्रमणमै छन् ।
