थप समाचारशुक्रबार, साउन ११, २०७०

राजमार्गमा रक्त सञ्चार सेवा सञ्चालन हुने

हिमालखबर

४७ औं रक्त सञ्चार सेवा दिवसको अवसरमा ११ साउनमा काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा मनिता राजकर्णिकारले राजमार्गका बढी दुर्घटना हुने क्षेत्रहरूमा रक्त सञ्चार सेवा सञ्चालन गरिनिे जानकारी दिइन् ।

राजमार्गमा दुर्घटनामा परेका घाइतेहरुलाई रगतको आवश्यकता हुने र कतिपय अवस्थामा रगतको अभावमा घाइतेले ज्यान समेत गुमाउनु पर्ने अवस्था रहेकाले बढी दुर्घटना हुने स्थानहरुमा रक्त सञ्चार सेवा सञ्चालन गर्ने योजना रहेको राजकर्णिकारले बताइन् ।

१२ साउन २०२३ सालदेखि संस्थागत रूपमा नेपाल रेडक्रस सोसाईटिले रक्त संचार सेवा सञ्चालन गर्दै आएको छ । गत वर्ष सोसाइटीले ६२ जिल्लाका ८६ ठाँउबाट रक्त संकलन गरेको थियो ।

संकलित रगतमा एच.आई.भी, हेपाटाईटिस वी, हेपाटाईटिस सी र सिफिलिसको परिक्षण तथा रक्त समुह छुट्याउने काम गरिने र रक्तदान गर्नको लागि १८ वर्षदेखि ६० वर्ष उमेरका र कम्तीमा ४५ के.जि. तौल भएको स्वस्थ व्यक्ति हुनु पर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।
मीना शर्मा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>