समाचारशनिबार, साउन १२, २०७०

‘भट्टराईको अभिव्यक्ति संकिर्ण मानसिकताको उपज’

हिमालखबर

मधेशी पत्रकार समाजले १२ साउनमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फोरम गणतान्त्रिकका अध्यक्ष यादवले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति एमाओवादी नेता बाबुराम भट्टराईले दिएको अभिव्यक्ति गलत भएको भन्दै भट्टराईले संकिर्ण मानसिकता प्रदर्शन गरेको बताएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री समेत रहेका यादवले कसैले पनि गणतन्त्रमाथि खतरा पुर्‍याउने काम गरेको छ भने त्यो सही नहुने तर, त्यसलाई पनि प्रक्रियामा गएर कारबाही गर्नु उचित हुने धारणा ब्यक्त गरे ।

निर्वाचन जनताको चाहाना भएको र निर्वाचनबाटै देशले निकास पाउने भएकाले ४ मंसीरका लागि लागि तोकिएको संविधान सभा निर्वाचनको विकल्प नभएको अध्यक्ष यादवको भनाई छ । चुनावमा जानुभन्दा पहिला सबैदल सहभागी हुने वातावरण निर्माण गर्न यादवले प्रमुख दलहरुलाई सुझाव समेत दिएका थिए ।
अली असगर, बीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>