समाचारशनिबार, साउन १२, २०७०

‘…यस्तो एसपी फेरि नजन्मियोस भन्नुहोला’

हिमालखबर

काठमाडौबाट सरुवा भई ११ साउनमा विराटनगर आएका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आफ्ना कर्मचारीसँग परिचय गर्न नभ्याउँदै १२ साउनमा पत्रकार सम्मेलन गरेर आफू आर्थिक प्रलोभनमा परेको थाहा पाए ‘तपाई जस्तो नालायक एसपी फेरि पृथ्वीमा नजन्मिउन’ भनेर गाली गर्न पत्रकारलाई आग्रह गरेका छन् ।

आफ्ना कुरा रेकर्ड गरेर राख्न आग्रहसहित उनले एउटै कुरा तेस्रो पटकसम्म भने –“म आर्थिक प्रलोभनमा परें भने यस्तो नालायक एसपी फेरि नजन्मियोस भन्नु होला ।”

आफ्नो कुरा पत्रकारलाई सुनाएर मात्रै काम थालनी गर्न भेटघाट कार्यक्रम राखिएको बताउ“दै पोखरेलले आर्थिक प्रलोभनमा पर्नु पर्ने अवस्था आए नालायक बन्नु भन्दा सरुवा मागेर मोरङबाट जाने दाबी गरे ।

“समाज बिग्रिनुको मुख्य जड नै आर्थिक प्रलोभन हो” उनले आफू तलव र रासनको भरमा मात्रै रहने स्पष्ट पारे । मातहतका कर्मचारी पनि आर्थिक प्रलोभनमा परेर गलत काम गरेको थाहा पाए तत्काल कारवाहीको दायरामा ल्याउने उनको भनाई छ ।

“अपराधीलाई कारवाही गर्न नसक्नु, तस्करी रोक्न नसक्नु पनि आर्थिक प्रलोभनमा पर्नु हो” पोखरेलले भने, “कुनैपनि विषयमा पारदर्शी रहेर ब्यवसायीक धर्म भन्दा बाहिर गएर काम गर्दैन ।”

उनले समाजका सबै खाले बिकृति हटाउन सञ्चार माध्यमको भुमिका आवश्यक भएको भन्दै राजनीतिक संरक्षणमा रहेर गुण्डागर्दी गर्ने, टेण्डर कब्जा गर्ने गिरोहलाई कारवाहीको दायरामा ल्याउन सञ्चारकर्मीको सहयोग चाहिने उल्लेख गरेका थिए ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>