समाचारशनिबार, साउन १२, २०७०
अरनिको राजमार्गमा अवरोध, यात्रुहरु अलपत्र
वन्यजन्तुको अङ्ग तस्करीको अभियोगमा केही महिनाअघि पक्राउ परेका सिन्धुपाल्चोक साँगाचोकका सुरजकुमार श्रेष्ठको रिहाईको माग गर्दै ट्रक मजदुर सङ्गठनहरुले १२ साउन बिहानैदेखि अरनिको लोकमार्गअन्तर्गत सिन्धुपाल्चोकको चेहेरेमा अवरोध पु¥याएका छन् ।
विदेशीलाई भगाई नेपाली चालकमाथि झुठो मुद्दा लगाएर पक्राउ गरिएको भन्दै यातायत मजदुर सङ्गठन अरनिको रुट ट्रक एकाइ समितिलगायतका मजदुर सङ्गठनद्वारा गरिएको लोकमार्ग बन्दबाट यात्रुहरु मारमा परेका छन् ।
सडक अवरोधका कारण राजधानीबाट दोलखा, सिन्धुपाल्चोकको बाह्रबिसे, तातोपानी तथा रामेछापका लागि छुटेका र ती जिल्लाबाट राजधानीका लागि छुटेका सवारीसाधन र सयौँ यात्रु बीचबाटोमै रोकिएका छन् ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार अवरोध सुचारु गराउने प्रयास भइरहेको छ ।
रासस
