थप समाचारशनिबार, साउन १२, २०७०
तीन दर्जन बढी सीमा स्तम्भ ढले
नेपाल–भारतलाई छुट्याउन कपिलबस्तुस्थित दशगजा क्षेत्रमा निर्माण गरिएका जङ्गे पिलर मर्मत सम्भारको अभावमा ढलेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बल कपिलवस्तुका अनुसार सीमा क्षेत्रका ती पिलर भत्किएर ढलेका हुन् ।
जिल्लाको कृष्णनगर क्षेत्रअन्तर्गत ९३ किमीभित्र पर्ने कूल ३१२ वटा स्तम्भमध्ये अधिकांश जीर्ण छन् । कृष्णनगर क्षेत्रभित्र कूल ५३१ पिलर हुनुपर्ने नक्साङ्कन गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
सो क्षेत्रभित्र ४४ वटा ठूला पिलर, २११ वटा मझौला पिलर र २७६ वटा साना पिलर निर्माण हुनुपर्नेमा १८० वटा पिलर हालसम्म पनि निर्माण हुन सकेको छैन ।
सीमा स्तम्भको मर्मत सम्भार तथा पुनःनिर्माणका लागि आवश्यक बजेट अभाव हुँदा समस्या बढेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताए ।
रासस

