थप समाचारआइतबार, साउन १३, २०७०
भीरबाट बस खस्दा एकको मृत्यु ८ घाईते
खैरेनीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५७९४ नम्वरको बस गुल्मी हसरा–१ को बाँदरे भीरबाट खस्दा रुपाकोट–३ की २१ वर्षीया स्वस्ती माझीको घटना स्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाईते भएकामध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको प्रहरी निरक्षक निशान्त श्रीवास्तवले जानकारी दिएका छन् ।
घाईतेमध्ये गम्भीर चार जनालाई पाल्पा मिसन अस्पताल लगिएको छ भने बाँकीको जोहाङ्ग स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।
अगाडीबाट आईरहेको जिपलाई साईड दिने क्रममा भीरबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण लामो समयसम्म अवरुद्ध उक्त सडक आजैमात्र खुलेको थियो ।
गगनशिला खड्का, गुल्मी

