समाचारसोमबार, साउन १४, २०७०

भट्टराईसँगको जुहारी सहमतिमा विरामः थापा

हिमालखबर

संविधानसभा निर्वाचनकालागि कार्यकर्ताहरुलाई प्रशिक्षण दिन १४ साउनमा वीरगञ्ज आएका अध्यक्ष थापाले राजतन्त्रबारे उनी र बाबुराम भट्टराईबीच चलेको वाकयुद्धलाई आपसी सहमतिमा विराम गरेको बताएका छन् ।

उनले निर्वाचनबाट विमुख दलहरुलाई सहमतिमा ल्याउन चारदलीय संयन्त्रलाई खारेज गरेर राष्ट्रपति वा मन्त्रीपरिषद अध्यक्षले गोलमेच सम्मेलन आह्वान गर्नुपर्ने धारणा व्यक्त गरे ।

थापाले आफ्नो पार्टी राजावादी नभएर राष्ट्रवादी भएको दावी गर्दै भने, “पूर्वराजा स्वयम्ले जनता आउ देश बचाउ भन्नुको तात्पर्य अब राजा हैन देशको रक्षालागि जनता नै सडकमा ओर्लिनुपर्छ ।”

उनले नेकपा–माओवादीले निर्वाचन बिथोल्न खोजेमा उनीहरुमाथि आक्रमण गर्न वाईसिएललाई दिएको निर्देशनको पनि निन्दा गरे ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>