थप समाचारसोमबार, साउन १४, २०७०

उपकुलपतिलगायत पदाधिकारी थुनिए

हिमालखबर

अनेरास्ववियु सुर्खेतको नेतृत्वमा गएको विद्यार्थीको समूहले उपकुलपति देवकोटाको आवासमा बसिरहेका सबै पदाधिकारीलाई बाहिर निस्कन नदिई बाहिरबाट ताला लगाइदिएका हुन् । आफ्नो आन्दोलनको कार्यक्रमअन्तर्गत विश्वविद्यालयका पदाधिकारीको आवासमा ताला लगाइएको अनेरास्ववियु सुर्खेतका सचिव प्रेम खड्काले जानकारी दिए ।

विद्यार्थीले उपकुलपति र रजिस्ट्रारको गाडी पनि कब्जामा लिएका छन् । कब्जामा लिइएको गाडी अहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा राखिएको सचिव खड्काले बताए । पदाधिकारीले नै विश्वविद्यालयमा राजनीतीकरण गरेको, अवैधानिक रुपमा कर्मचारी नियुक्ति गरेको र आफ्ना नातेदार र राजनीतिक आस्थाका आधारमा कर्मचारी तथा पदाधिकारी नियुक्त गरेको आरोप विद्यार्थीले लगाएका छन् ।

यसैबीच अनेरास्ववियु सुर्खेतले सुर्खेत क्याम्पस शिक्षा र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका केन्द्रीय कार्यालयमा पनि ताला लगाएको छ । आइतबार राति नेविसङ्घ विद्यार्थीले क्याम्पसमा रहेका आफ्ना बोर्ड फालेको भन्दै आफूहरुले तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>