समाचारमंगलबार, साउन १५, २०७०

निर्वाचन बहिष्कार गर्नेलाई जनताले बहिष्कार गर्छन्: कोइराला

हिमालखबर

बाँकेको कोहलपुरमा १५ साउनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस सभापपति सुशील कोइरालाले निर्वाचन बहिष्कार गर्न पाइए पनि बिथोल्ने अधिकार भने कसैसँग नभएको बताएका छन् ।

“तोकिएको समयमा निर्वाचन हुन्छ, कसैले बहिष्कार गर्दैमा त्यसले निर्वाचनमा केही फरक पर्दैन,” कोइरालाले भने ।

निर्वाचन जनताको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक अधिकार भएकाले जनताको अधिकारलाई अवरुद्ध गर्न खोज्नेलाई जनताले नै बहिष्कार गर्ने सभापति कोइरालाको भनाइ थियो ।

उनले भने, “अब हामी सबैले निर्वाचनको विषयमा सकारात्मक चर्चा गर्नुपर्छ, कसैले निर्वाचन हँुदैन भन्छ भने त्यो शक्ति मुलुकमा अराजकता निम्त्याउन चाहन्छ भनेर बुभ्mनु र बुझाउनुपर्छ ।”

सभापति कोइरालाले निर्वाचनको विपक्षमा उभिएका दललाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै, ती दलहरू सहमतिमा नआए पनि निर्वाचन भने नरोकिने दाबी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>