समाचारबुधबार, साउन १६, २०७०

कसैले बहिस्कार गर्दैमा निर्वाचन रोकिंदैनः ओली

हिमालखबर

कम्बोडियामा भएको आम निर्वाचनको पर्यवेक्षण गरेर १६ साउनमा स्वदेश फर्केका एमाले नेता केपी ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचनमा भाग लिने र नलिने दुवै अधिकार संविधानले दिएकाले कुनै दल सहभागी नभए पनि सरकारले निर्धारित समयमै निर्वाचन गराउने बताएका छन् ।

सरकार र उच्चस्तरीय राजनीतिक समितिले पटक पटक छलफलका लागि बोलाए पनि नेकपा–माओवादीलगायतका दलहरु विभिन्न बाहनामा निर्वाचनबाट भाग्न खोजेको नेता ओलीले आरोप लगाए ।

उनले मुलुकमा निर्वाचनको वातावरण बनेका बेलामा विभिन्न बाहनामा निर्वाचन विथाल्न खोज्नु लोकतन्त्र विरोधी कार्य हुने भन्दै आफ्नो स्वार्थ पूरा नहु“दैमा जनताको अधिकार कुण्ठित गर्न नहुने बताए ।

कम्बोडियामा गत सोमबार भएको आम निर्वाचनमा ५० प्रतिशत मत खसेको थियो । निर्वाचनमा सत्ता पक्षले ६८ र प्रमुख प्रतिपक्षी दलले ५५ सिट हात पारेको छ ।

संसदीय निर्वाचन प्रक्रियामा बहुमत संख्यामा युवाहरुले चुनावमा भाग लिएका थिएनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>