समाचारबुधबार, साउन १६, २०७०

‘असन्तुष्टहरुलाई जसरी पनि निर्वाचनमा ल्याउनुस’

हिमालखबर

राष्ट्रपति रामवरण यादवलाई भेट्न १६ साउनमा शीतलनिवास पुगेका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई यादवले असन्तुष्ट दलहरुको माग पूरा गर्ने प्रत्याभूति गराएर वार्तामा ल्याउन आग्रह गरेका छन् ।

उनले नेकपा–माओवादीलगायतका दलहरुले सरकारसँग वार्तामा नबस्ने निर्णय गरेकाले सहमतिका लागि गम्भीर पहल गर्न सरकारलाई आग्रह गरेको बुझिएको छ ।

राष्ट्रपति यादवले मुख्य दलको सहयोग लिएर असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन सरकारलाई सुझाव दिएको मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

१५ साउनमा असन्तुष्ट दलहरुले सरकारसँग वार्ता नगर्ने निर्णय गरलगत्तै राष्ट्रपति यादवले चुनावी प्रक्रियाका बारेमा सरकारस“ग धारणा माग गरेका थिए । जवाफमा अध्यक्ष रेग्मीले सरकारबाट वार्ताका लागि भएको पटक–पटकको आग्रहलाई आन्दोलनकारी दलहरुले अस्वीकार गरेपनि प्रयास अझै जारी रहेको बताए ।

शीतलनिवास स्रोतका अनुसार रेग्मीले निर्धारित मितिमै निर्वाचन गराउन सरकारले तयारी गरिरहेकाले आन्दोलनकारी दलहरु वार्तामा आउने विश्वास व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>