थप समाचारबुधबार, साउन १६, २०७०
चैनपुर दोस्रो दिन पनि बन्द
संखुभासभाको सिद्धकाली, सिद्धपोखरी, खराङ, बानेश्वर र चैनपुर गाबिसलाई मिलाएर चैनपुर नगरपालिका बनाउने प्रस्ताव माथि स्थानीय बिकास अधिकारी लिला अधिकारले असहमती जनाएको समाचार एक राष्ट्रिय दैनिकमा प्रकाशन भएपछि उक्त अभिव्यक्ति विरुद्ध चैनपुरबासीले १५ साउनदेखि स्थानीय बजारहरु बन्द गराएका छन् ।
बन्दले गर्दा खाँदबारीबाट चैनपुर हुदै धरान छुट्ने लामो दुरीका यातयात र जिल्लाका छोटो दुरीका यातायात बन्द छन् भने जिल्लाबासीको जनजीवन कष्टकर बनेको छ ।
स्थानीय विकास अधिकारी लीला अधिकारीले भने आफूले कुनै पत्रपत्रिकालाई त्यस्तो अभिव्यत्ति नदिएको बताएका छन् । स्थानीयबासीले भने विकासलाई अवरोध पु¥याउने व्यत्तिलाई कारवाही हुनु पर्ने र नगरपालिका बनाउन थप पहल गर्नु पर्ने माग गरेका छन् ।
सरकारले आर्थिक बर्ष २०६८।०६९ को बजेट बत्तव्य मार्फत पछिल्लो पटक ४१ वटा थप नगरपालिका बनाउने घोषणा गरेको थियो ।
छेटु शेर्पा, सङ्खुवासभा

