समाचारबुधबार, साउन १६, २०७०

निर्वाचन ४ मंसीरमै हुनुपर्छः मोर्चा

हिमालखबर

तमलोपा कार्यालय बिजुली बजारमा १६ साउन बिहान बसेको मधेशी मोर्चाको बैठकले नयाँ संविधान कुनै पनि हालतमा संविधानसभाबाटै जारी हुने निष्कर्ष निकालेको छ ।

बैठकले अघिल्लो संविधानसभामा कायम गरिएको समानुपातिकतर्फ ५८ र प्रत्यक्षतर्फ ४२ प्रतिशत प्रतिनिधित्वको व्यवस्थालाई यथावत् राखिनु पर्ने निर्णयसमेत गरेको छ ।

मोर्चाले पछिल्लो जनगणनाबमोजिम मधेशमा कायम भएको जनसङ्ख्याको आधारमा संवैधानिक व्यवस्थाअनुसार जनसङ्ख्याको प्रतिशतको आधारमा संविधानसभामा प्रतिनिधित्वको लागि सिट सङ्ख्याको व्यवस्था हुनुपर्ने निर्णय गरेको जनाएको छ ।

बैठकले फोटोसहितको मतदाता नामावलीमा अझै धेरै नागरिकको नाम दर्ता गर्न छुटेकाले मतदाता नामावली अद्यावधिकका लागि एक महिनाको समय थप गर्न निर्वाचन आयोगसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

बैठकपछि मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले देशको समसामयिक परिस्थिति तथा सबै दललाई सहभागी गराएर तोकिएको समयमा निर्वाचनलाई सफल तुल्याउने विषयमा केन्द्रित रहेर गम्भीर छलफल भएको प्रतिक्रिया दिए ।

मोर्चामा सदभावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम गणतान्त्रिक र तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल आबद्ध छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>