समाचारबुधबार, साउन १६, २०७०
सुनकोशी र निर्मल तेलमा लेदो
खाने तेलमा लेदो भेटिएको गुनासो आएपछि जिल्ला प्रशासन कायांलयको नेतृत्वमा स्थानीय १७ वटा पसलहरुमा अनुगमन गर्दा दुर्गा मोडर्न आयल मिल, भैरहवा बाट उत्पादित सुनकोसी र निर्मल ब्राण्डका तेलहरुमा अखाद्ध बस्तु भेटिएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नबराज बरालले जानकारी दिएका छन् ।
बरालका अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाई भैरहवाको दुर्गा मोडर्न आयल मिलमा अनुगमन गर्न अनुरोध गरेको छ ।
अनुगमनमा ७ हजार ४ सय २३ लिटर सुनकोसी र १८ सय ९० लिटर निर्मल ब्राण्डको तेलमा लेदो भेटिएको हो । लेदो भेटिएको तेलका नुमना परिक्षणको लागि खाद्द प्रबिधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा पठाइएको छ भने भैरहवा बाट पनि अनुसन्धानको लागी बिज्ञ टोली झिकाएको बरालले बताए ।
दुर्गा आयलबाट उत्पादित तेलहरु पाल्पाका गाउँ गाउँमा साथै गुल्मी, अर्घाखाची, बाग्लुङ्ग, स्याङजा लगायतका जिल्लाहरुमा पनि बिक्रीवितरण भैरहेको छ ।
देब पचभैया, पाल्पा

