समाचारबिहीबार, साउन १७, २०७०

क्षेत्र निर्धारण आयोगद्वारा म्याद थप्न आग्रह

रासस

निर्धारित कार्य पूरा गर्न समय अपर्याप्त भएको भन्दै निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो म्याद अरु १० दिन थप्नका लागि सरकारलाई अनुरोध गरेको छ । आयोगका अध्यक्ष ताहिर अलि अन्सारीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई १६ साउन राति भेटेर आयोगको म्याथ थप्ने अनुरोधसहितको पत्र बुझाएको आयोगका प्रवक्ता टेकप्रसाद ढुङ्गानाले बताए ।

आयोगका सदस्य मधुनिधि तिवारीले राजीनामा दिएपछि रिक्त भएको उक्त पदमा चूडाराज उप्रेतीलाई मन्त्रिपरिषद्को १४ साउनको बैठकले नियुक्त गरेको थियो । नयाँ सदस्य उप्रेतीलाई आयोगले हालसम्म गरेका कामकारबाहीबारे अद्यावधिक गर्न र आयोगको निर्णय प्रक्रियमा सहभागी गराउन पनि समय नपुग्ने भएकाले कार्यावधि थपका लागि अनुरोध गर्ने निर्णय भएको प्रवक्ता ढुङ्गानाले बताए ।

आयोगको बुधबारकै बैठकले १० दिन म्याद थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी पनि उनले दिए । १९ साउनमा आयोगको कार्यावधि समाप्त हुँदैछ । आयोगले गत ११ असारदेखि काम थालेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>