समाचारबिहीबार, साउन १७, २०७०

मन्त्रिपरिषद बैठक, बढुवा र राजीनामा स्वीकृत

हिमालखबर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी विकास मन्त्रालय तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठलाई एक श्रेणी माथिको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गर्नाका साथै महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विश्वकान्त गौतमको राजीनामा स्वीकृत गरेको छ ।

यस्तै बैठकले सार्कमन्त्रीहरुको आगामी भदौ १३ देखि १४ सम्म श्रीलङ्काको कोलम्बोमा हुने बैठक र सार्क विकास कोष सञ्चालक परिषद्को बैठकमा अर्थमन्त्रीको नेतृत्वमा भाग लिने प्रतिनिधिमण्डल गठन गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी बैठकले भारतको नयाँदिल्लीमा यही साउन २९ देखि ३० सम्म हुने राष्ट्रिय खाद्य सुरक्षा रणनीति सुदृढीकरणसम्बन्धी दक्षिण एसियाली क्षेत्रीय सहयोग नीति संवाद कार्यक्रममा भाग लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यलाई पठाउने निर्णय गरेको छ ।

बैठकले पर्वतीय जलाधार क्षेत्र, जलवायु परिवर्तन अनुकूलन आयोजनासम्बन्धी एसियाली विकास बैंकमार्फत विश्व वातावरण कोषबाट प्राप्त हुने २३.५ मिलियन अमेरिकी डलर र नर्डिक कोषबाट ४.६ अमेरिकी डलर अर्थात नेपाली करिब रु दुई अर्ब ६७ करोड नेपालीबराबरको अनुदान सहयोगका लागि हुने वार्तामा नेपाली टोली गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी बैठकले वेष्टइन्डिजमा यही साउन २९ देखि ३१ सम्म हुने ‘नयाँ संयन्त्र र उच्चस्तरीय संयन्त्रको आरम्भ’ सम्बन्धी कार्यशालामा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा सोमलाल सुवेदीको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डललाई पठाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>