समाचारबिहीबार, साउन १७, २०७०

ताप्लेजुङ बन्द फिर्ता, जनजीवन सामान्य बन्दै

हिमालखबर

१७ साउन बिहानैदेखि ताप्लेजुङ बन्द गराएको तमू ह्यूल युवा छोंज धी संयुक्त संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा भएका वार्तामा प्रशासनले दोषीलाई सात दिन भित्र पहिचान गरी कारवाही गर्ने प्रतिबद्धता जनाएपछि अपराह्नबाट ताप्लेजुङका बन्द फिर्ता लिएको तमु ह्यूल छोज धीका उपाध्यक्ष यीगेन्द्रकुमार गुरुङले बताए ।

गुरुङले भने,  “सात दिन भित्रमा दोषीलाई पक्राउ गरी सार्वजनिक गर्छु भनेर  प्रमुख जिल्ला अधिकारी किरण थापाले भनेपछि हामीले आन्दालेन फिर्ता लिएका हौं ।” सात दिनभित्रमा पक्राउ नगरे पुन आन्दोलन गर्ने उनको भनाई छ ।

बन्द फिर्ता भएपछि सदरमुकाम फुङलिङ बजार खुल्न थालेका छ भने छाटो तथा लामो दुरीका सवारी साधन समेत चल्न थालेका छ ।

तमु हयुल युवा छोंज धींका अध्यक्ष दिलिप गुरुङलाई आफ्नै ग्रिल वर्कसपमा काम गरेर साँझ घर फर्कन लाग्दा गत १८ असारमा तीन÷चार जनाको अपरिचित समूहले आक्रमण गरी घाइते बनाएको थियो । आक्रमणकारीलाई पक्राउ गर्नमा स्थानीय प्रशासनले चासो नदिएको भन्दै समितिले ताप्लेजुङ बन्द गराएको हो ।

आक्रमणकारीको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

———————————————————————————————————————–

आक्रमणकारी फेला नपरेको निहुँमा ताप्लेजुङ बन्द

तमू ह्यूल युवा छोंज धी संयुक्त संघर्ष समितिले १७ साउनमा ताप्लेजुङ बन्द गराएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सदरमुकाम फुङ्लिङलगायतका बजारहरु ठप्प छन् ।


हिमालखबर

बिहीबार , १७ साउन २०७० ३:४९ पम

बजार बन्द हुँदा जिल्लाका सुदुर गाउँहरुबाट विभिन्न कामले सदरमुकाम आएकाहरु मारमा परेका छन् । यस्तै यातायात बन्दका कारण ताप्लेजुङबाट छुट्ने लामो तथा छोटो दुरीको कुनैपनि सवारी साधन चलेका छैनन् । ताप्लेजुङबाट पाँचथर, इलाम हुँदै झापा लगायतका स्थानका लागि सञ्चालन हुने यात्रुबाहक सवारी साधनहरु नचल्दा यात्रुहरु सदरमुकाम फुङ्लिङ बजारमै अलपत्र परेका छन् ।

एक महिना अघि तमू ह्युल युवा छोंज धीं जिल्ला अध्यक्ष दिलीप गुरुङलाई आक्रमण गर्ने आक्रमणकारीको खोजीमा स्थानीय प्रशासनले चासो नदेखाएको भन्दै संयुक्त संघर्ष समितिले जिल्ला बन्दको आह्वान गरेको हो ।

युवा छोंज धींका अध्यक्ष गुरुङलाई उनकै ग्रिल वर्कसपबाट साँझ घर फर्कन लाग्दा गत १८ असारमा तीन/चार जनाको अपरिचित समूहले आक्रमण गरी घाइते बनाएका थियो । आक्रमणकारीको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>