समाचारबिहीबार, साउन १७, २०७०
नेकपा–माओवादीले निर्वाचन आचारसंहिता जलायो
नेकपा–माओवादीको नेतृत्वमा रहेको मोर्चाले १७ साउन अपरान्ह काठमाडौंको कोटेश्वरमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता जलाएका छन् ।
नेकपा–माओवादीको नेतृत्वमा गठित मोर्चामा आवद्ध दलहरुले ४ मंसीरका लागि घोषित संविधान सभाको निर्वाचनले जनअपेक्षा अनुसार काम गर्न नसक्ने भन्दै निर्वाचन बिथोल्न आचारसंहिता जलाएका हुन् ।
आचारसंहिता जलाउनुअघि नेकपा–माओवादीका कार्यकर्ताले केहीबेर नारावाजीसमेत गरेका थिए ।
केही दिनअघि नेकपा–माओवादीले मुलकका विभिन्न शहरमा आमसभा गरेर औपचारिक रुपमै निर्वाचन विरोधी अभियानको घोषणा गरेको थियो ।

