समाचारबिहीबार, साउन १७, २०७०

गुप्ताद्वारा सुरक्षा माग गर्दै राष्ट्र संघीय उच्च आयोगलाई पत्र

हिमालखबर

सरकारले आफूमाथि निगरानी राख्ने निर्णय गरेको भन्दै जयप्रकाश गुप्ताले उक्त निर्णयले आफू असुरक्षित भएको, व्यक्तिगत स्वतन्त्रता हनन् भएको भन्दै राष्ट्र संघीय मानव अधिकार उच्च आयोगमा निवेदन दिएका छन् ।

भ्रष्टाचारको अभियोगमा जेल परेपछि मधेशी जनाधिकार फोरम गणतान्त्रिक छोडेर तराई मधेश राष्ट्रिय अभियान गठन गरेका उनले सरकार संविधान सभा निर्वाचनमा सुरक्षाका लागि अत्यधिक बल प्रयोग गर्ने मनसायमा रहेको र त्यसबाट मधेशमा अत्यधिकमात्रामा मानव हनन्का घटना हुने देखिएको बताएका छन् ।

सरकारको सुरक्षा नीतिविरुद्ध मधेशमा प्रदर्शन र झडपको स्थिति उत्पन्न हुने र सुरक्षा निकाय जनताप्रति प्रति क्रुर बन्ने पनि उनले पत्रमा दावी गरेका छन् । उनले भनेका छन, “यस्तो अवस्थामा अनुगमन गर्नका लागि राष्ट्रसंघीय मानवअधिकारको भूमिका महत्वपूर्ण हुन्छ ।” गुप्ताले पत्रमा लेखेका छन, “पहाडी शासक बर्गको दबदबा रहेको मुलधारका सञ्चारमाध्यम र नागरिक समाजले पनि तराईमा प्रहरीले गरेको अत्यधिक दमनलाई बेवास्ता गरिरहेका छन् ।”

उनले नेपालको वर्तमान अवस्थालाई अनुगमन गर्न राष्ट्रसंघीय निकायबाट नै अनुगमन हुनपर्ने भन्दै विगतमा उच्च आयोगको समयावधी थप गर्ने कुरालाई आफूले समर्थन गरेको स्मरण गराएका छन् ।

उनले लेखेका छन, “महामहिम, म नेपालमा भइरहेको अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकायको अभाव परिपूर्ति गर्न पुनः आग्रह गर्न चाहन्छु ।”

केही समयअघि गुप्ताले तराईमा सक्रिय सशस्त्र समूहहरुसँग साँठगाँठ गर्न खोजेको र सरकारले उनीमाथि निगरानी राख्न शुरु गरेको खबर सञ्चारमाध्यमहरुले प्रकाशन गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>