थप समाचारशुक्रबार, साउन १८, २०७०

नियमित महशुल तिर्दा पनि बक्यौता देखाएपछि विद्युत उपभोक्ता आन्दोलित

हिमालखबर

नियमित पैसा बुझाएका ग्राहकहरुसँग समेत १३ हजारदेखि २८ हजार सम्म वक्यौक्ता देखाएर पैसा मागेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

कार्यालयमै आएर नियमित पैसा बुझाईरहँदा समेत प्राधिकरण कर्मचारीले वक्यौता रकम तत्काल तिर्न भन्दै घरघरमा रसिद पठाएपछि स्थानीय उपभोक्ताहरुले १७ साउनमा कार्यालय परिसरमै ताला बन्दी गरेका थिए । २०५४ साल बाटै पैसा नतिरेको भन्दै घरमै बिल पठाएको स्थानीय बिष्णु प्रसाद भट्राईले बताए ।

कार्यालय परिसरमै तालाबन्दी गरी आन्दोलन चर्काएपछि बिद्युत प्राधिकरण स्याङ्गजा शाखाका निमित्त प्रमुख पर्सुराम पाण्डे र स्थानीयबीच १८ साउनमा भएको वार्तामा कार्यालयमा लगाइएको ताला खोल्ने र २१ साउनमा पुनः वार्ता गर्ने सहमति भएको छ ।

कार्यालयले लेजर बाट कम्प्युटर प्रणालीमा हिसाब किताब राख्न थालेपछि ग्राहकहरुको बक्यौता देखिएको हो । ग्राहकका घरमा पुगेर मिटर रिड गर्नुपर्ने कर्मचारीले गाउँको कुनै चौतारीमै बसेर मासिक ८० रुपियाँ मात्रै चढाउने गर्दा बर्षो पछि ग्राहकको एकिन तथ्यांक निकाल्दा धेरै पैसा तिर्नुपर्ने देखिएको हुनसक्ने पनि स्थानीयले बताएका छन् ।
देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>