समाचारशनिबार, साउन १९, २०७०

सन्तान नभएको निहुँमा पत्नीको हत्या

हिमालखबर

पर्साको महुवन गाविस– ४ निवासी रमेश साह तेलीले २२ वर्षीया पत्नी रिता देवीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विहे भएको ८/९ वर्ष बितिसक्दा पनि सन्तान जन्माउन नसकेको भन्दै रमेशले आफना दाजु नगीना साह तेलीको सहयोगमा पत्नी रिता देवीको घाँटीमा सारी बेरेर १७ साउनमा हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका रमेश र नगीना दुवैले रिता देवीको हत्या आफूहरुले नै गरेको भनेर स्वीकार गरिसकेको प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले बताए ।

रिताको हत्य गरेपछि उनले आत्महत्या गरेको दाबी गर्दै पति रमेशले हतार हतारमा दाहसंस्कार गर्न खोजेपछि माइती पक्षले प्रहरीलाई जानकारी गराएको थियो । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा रमेश र उनका नगिनालाई १८ साउनमा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखेको छ ।

पोष्टमार्टमका क्रममा रिताको हत्या भएको पुष्टी भएको र प्रहरी हिरासतमा रहेका आरोपित दुवै जनाले आफुहरुले नै हत्या गरेको स्वीकारेकाले दुबैजना विरुद्ध कानूनी कारवाही प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक बासुदेव खतिवडाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>