थप समाचारशनिबार, साउन १९, २०७०
पुष्पलाल लोकमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र
दोलखामा पहिरोका कारण पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि ओखलढुङगा– रामेछाप–मन्थली हुदै काठमाडौँ जाने र आउने सवारी साधनहरु बीच बाटोमा नै अलपत्र परेका छन् ।
पहिरोसँगै आएको भीमकाय ढुंगा हटाउनका लागि सडक डिभिजन कार्यलय दोलखाबाट गएको एउटा डोजरले नसकेपछि थप डोजर मगाइएको छ ।
अहिले प्रहरी निरिक्षकको कमाण्डमा बाटो खुलाउने प्रयास भइरहेको छ । २ वटा डोजरले पनि ढुङगा हटाउन नसके विस्फोटक पर्दाथको प्रयोग गरी ढुङगा हटाएर बाटो खुलाउने जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक कैलाश राईले जानकारी दिए ।
शर्मिला बुढाथोकी, दोलखा
