थप समाचारशनिबार, साउन १९, २०७०
चन्द्रमाको चट्टान नेपाल आइपुग्यो

एस्ट्रोनट ह्यारिसनले सन् १९७२ मा चन्द्रमामा चट्टान संकलन गर्दै गरेको दृष्य । तस्बीर साभारः विकिमेडिया
साइन्स सेन्टरका अध्यक्ष डा दिलीप अधिकारीको नेतृत्वमा गएको टोलीले मेयरबसाल्ट नामको तीन अर्ब ७५ करोड वर्ष पुरानो उक्त चट्टान १९ साउन दिउँसो विराटनगर ल्याइएको हो ।
अमेरिकी वैज्ञानिकहरूको संस्था नासा रहेको टेक्सास राज्यको हिल्सटन सहरबाट सोझै विमानबाट नेपाल ल्याइएको उक्त १२० ग्राम वजन भएको चट्टान विराटनगर विमानस्थलबाट सुनसरीस्थित साइन्स सेन्टरमा लगिएको छ ।
सोमबारबाट शुरु हुने प्रदर्शनीमा राखिने उक्त चट्टान नेपाल र भारतका १० लाख मानिसले अवलोकन गर्ने साइन्स सेन्टरले जनाएको छ ।
पहिलोपल्ट अन्तरीक्षमा पाइला टेक्ने अमेरिकी अन्तरीक्षयात्री निलआर्मस्टाङको जन्म र स्मृति दिवसको महिना पारेर उक्त चट्टान नेपालमा ल्याइएको हो ।
रासस
