समाचारशनिबार, साउन १९, २०७०

असन्तुष्ट दलहरुलाई वार्ताका लागि तेस्रो पत्र पठाइने

हिमालखबर

नेकपा–माओवादीको नेतृत्वमा रहेको दलीय मोर्चाले अघिल्ला पत्रहरुमा लेखिएको भाषामा असन्तुष्टि जनाउँदै वार्तामा आउन नमानेपछि उच्चस्तरीय राजनीतिक समितिले तेस्रो पटक पत्र पठाउने निर्णय गरेको वार्तामा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

मोर्चाले पत्रमा रहेको ‘दोस्रो संविधानसभा निर्वाचनका लागि’ भन्ने शब्दलाई शर्तका रुपमा व्याख्या गरेपछि र ३३ दलीय मोर्चाप्रति सामान्य शिष्टता समेत प्रयोग नभएको भनेपछि राजनीतिक समितिले संशोधन गरी पत्र पठाउने भएको हो ।

बानेश्वरस्थित समितिको सचिवालयमा १९ साउनमा बसेको बैठकपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले नेकपा–माओवादी सहितका दलहरुलाई उनीहरुले भनेकै भनेकै भाषामा पत्र पठाउने निर्णय भएको बताए ।

नेताहरुका अनुसार संविधानसभाको आकार, समानुपातिको अनुपातबारे २२ साउनको बैठकमा छलफल हुनेछ । कांग्रेस सभापति सुशील कोइरालाको आइतबारबाट सुरु हुने भारत भ्रमणले छलफल नरोकिने बताइएको छ ।

चुनाव सार्न बैद्यको माग
निर्वाचन मिति नजिक्रिदै जाँदा निर्वाचनको विरोध गरिरहेका नेकपा-माओवादी, मधेसी जनाधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीले निर्वाचन हुन नदिने अभिव्यक्ति दिइरहेका छन् ।

१९ साउन बिहान कांग्रेस सभापति सुशील कोईरालासागको भेटमा नेकपा-माओवादी अध्यक्ष मोहन बैद्यले ४ मंसीरका लागि तोकिएको निर्वाचन मिति सारेर सहमति खोज्न आग्रह गरेका थिए ।

उनले राजनीतिक दलकै नेतृत्वमा सरकार गठन हुनुपर्ने समेत माग गरेका थिए । जवाफमा कोइरालाले निर्वाचन मिति सार्न नसकिने भन्दै अन्य विषयहरु वार्ताका माध्यमबाट समाधान गरी निर्वाचन प्रक्रियामा आउन वैद्यलाई आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>