समाचारशनिबार, साउन १९, २०७०

यसपटक संविधानसभाको निर्वाचन नभए कहिल्यै हुँदैनः भट्टराई

हिमालखबर

एमाओवादी भक्तपुर जिल्ला कमिटीले १९ साउनमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै एमाओवादी नेता भट्टराईले ४ मंसीरको निर्वाचन कुनै हालतमा टार्न र सार्न नहुने भन्दै यसपटक निर्वाचन नभए कहिल्यै पनि नहुने बताएका छन् ।

भट्टराईले भने, “मंसीर ४ गते निर्वाचन हुँदैन की भन्ने आशङ्का गर्नु पर्दैन, निर्वाचन हुन्छ, त्यसको विकल्प छैन, मंसीर ४ मा पनि संविधानसभाको निर्वाचन नभए नेपालमा कहिल्यै पनि संविधानसभाको निर्वाचन फेरि हुँदैन ।

निर्वाचनमा असहमत रहेका दलहरुसँग उच्चस्तरीय राजनीतिक संयन्त्र पुनर्गठन लगायतका विषयमा छलफल भइरहेको बताउँदै उनले २० साउनसम्ममा असन्तुष्ट दलहरुसँगको छलफल टुङ्गोमा पुग्ने बताए ।

उनले भने, “छलफलका क्रममा जायज र निर्वाचन सफल पार्ने कुनै पनि मागलाई सम्बोधन गरिन्छ तर निर्वाचन भाड्ने उद्देश्यका माग सम्बोधन हँुदैन । यसको टुङ्गो भोलिसम्ममा लाग्नेछ ।”

संविधानसभामा सहमति बन्न नसकेका विषयहरुमा छलफल गरेर अहिल्यै नै टुङ्गोमा पुग्नु पर्ने धारणा पनि भट्टराईले व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>