समाचारआइतबार, साउन २०, २०७०

मतदाता दर्ताको म्याद थपबारे छलफल

हिमालखबर

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसहितको  निर्वाचन आयोगको टोलीले २० साउनमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई निर्वाचन तयारी अन्तिम चरणमा पुर्‍याएको जनाउँदै बढीभन्दा बढी दलको सहभागिताका लागि थप उपयुक्त राजनीतिक वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

छलफलमा उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन कार्यतालिकालाई असर नपर्ने गरी मतदाता नामावली थपका लागि समय थप्नुपर्ने आग्रह गरेको सन्दर्भमा पनि छलफल भएको छ । अध्यक्ष रेग्मीले सरकारको एक मात्र लक्ष्य निर्वाचन नै भएकाले ४ मंसीरको निर्वाचनलाई बाधा नपर्ने गरी सबै खालको सहयोग गर्न प्रतिबद्व रहेको बताएको छलफलपछि निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले बताए ।

उनले मतदाता नामावली दर्ताका लागि समय थप्नेबारे कुरा उठेको भए पनि यसबारे कानूनी र ब्यावहारिक रुपमा के कस्तो प्रभाव पर्छ भन्ने विषयमा छलफलपछि मात्र टुङ्गोमा पुग्न सकिने बताए ।

ठूलो संख्यामा मतदाताहरु नाम दर्ता गराउन छुटेकाले मतदाता नामावली संकलनको म्याद थप गर्नु पर्ने विभिन्न दलहरु माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>