थप समाचारआइतबार, साउन २०, २०७०
भाउजुको सट्टा परीक्षा दिने पक्राउ
एसएलसीको पुरक परीक्षामा अंग्रेजी विषयमा भाउज्यु त्रिपतिदेवी मण्डलका ठाउँमा नक्कली परीक्षार्र्थी बनी महोत्तरी बखरीभाठ केन्द्रबाट परीक्षा दिइरहेका शिवशङ्कर मण्डललाई प्रहरीले गरेको छ । जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार साहको नेतृृत्वमा खटिएको टोलीले बखरीभाठ उच्चमावि परीक्षा केन्द्रमा जाँचका क्रममा नक्कली विद्यार्थी मण्डललाई पक्राउ गरेको हो ।
त्यस्तै नक्कली निरीक्षक बनेका सर्लाही जिल्ला सङ्ग्रामपुर–५ बस्ने रामपुकार महतोलाई कन्या माविबाट पक्राउ गरिएको छ । उनी आफूलाई रामनगर उच्चमाविका शिक्षक भन्दै निरीक्षक बनी बसेका थिए । पक्राउ परेका नक्कली परीक्षार्थी मण्डल र निरीक्षक महतोलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
त्यस्तै परीक्षा मर्यादाविपरीत कार्य गरेकामा जलेश्वरको कन्या माविबाट चार विद्यार्थी, एक निरीक्षक, लचमु माविबाट एक विद्यार्थी र एक निरीक्षक गरी ११ जनालाई निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

