समाचारआइतबार, साउन २०, २०७०

भारतको थप सद्भाव प्राप्त हुने कोइरालाको भनाई

हिमालखबर

तस्बीर: रासस

६ दिने भारत भ्रमणका क्रममा एमाले नेता माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस–आइका अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्शीद, सरकारी उच्चपदस्थ अधिकारी र विभिन्न राजनीतिक दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ । काँग्रेस सभापति भएपछि कोइरालाको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति कोइरालाले भारतको यो सद्भावना भ्रमण भएको बताए । उनले मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्रको सुदृढीकरण र विकास निर्माणका लागि निर्वाचन अपरिहार्य रहेको बताउँदै निर्वाचन सम्पन्न गर्न यस भ्रमणबाट भारतको थप सद्भाव र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

सभापति कोइरालासँगै पार्टीका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि भ्रमणमा सहभागी छन् । सभापति कोइरालाले विहार र उत्तर प्रदेशको समेत भ्रमण गर्ने बताइएको छ ।

पत्रकारहरुको एक प्रश्नको जवाफमा सभापति कोइरालाले सबै राजनीतिक दलले चुनावमा भाग लिनुपर्ने बताउँदै नेकपा–माओवादीलाई आजै उच्चस्तरीय राजनीतिक समितिबाट पुनः वार्ताका लागि पत्र पठाइएको र माओवादीले वार्ताद्वारा सहमतिमा आइ चुनावमा भाग लिने विश्वास व्यक्त गरे ।

कोइरालालाई विमानस्थलमा पार्टीका केन्द्रीय सदस्यहरु र ठूलो सङ्ख्यामा उपस्थित कार्यकर्ताहरुले विदाई गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>