समाचारसोमबार, साउन २१, २०७०
बहुपहिचानसहितको संघीयता हुनुपर्छः नेता नेपाल
रौतहटमा २१ साउनमा आयोजित पत्रकार भेटघाटमा बोल्दै एमाले नेता माधवकुमार नेपालले बहुपहिचानसहितको संघीयताको पक्षमा एमाले पार्टी रहेको स्पष्ट पारेका छन् । उनले एमाओवादीले जातीय पहिचानसहितको संघीयताको नारा लगाएर मुलुकलाई बिखन्डनतर्फ धकेलेको आरोप लगाए।
उनले जातीय संघीयताको सस्तो नारा दिएर मुलुकमा तानाशाही सत्ता चलाउने एमाओवादीको दिवास्वप्न कहिले पूरा नहुने पनि दाबी गरे ।
नेता नेपालले नयाँ बन्ने संविधान सभाले एक वर्षभित्र संविधान दिन नसके जनमत संग्रहमा गएर देशलाई निकास दिनुपर्ने बताए।
पूर्वराजा ज्ञानेन्द्र शाहबारे राजनीतिक वृत्तमा भइरहेका टिकाटिप्पणी बारे पत्रकारहरुको प्रश्नमा उनले उनले भने, “पूर्वराजा शंकराचार्यजस्तो गेरु रंगको बस्त्र धारण गरेर जोगीको भेषमा मन्दिर धाउँदैमा हाम्रो कुनै आपति छैन। कसैले राजतन्त्र फर्किन्छ सोच्नु दिवास्वप्न मात्र हो।”
