समाचारसोमबार, साउन २१, २०७०

सप्तकोशीमा ९० जना यात्रु चढेको डुंगा पल्टियो (अपडेट)

हिमालखबर

सुनसरीको चतराबाट उदयपुरको रामपुर ठोक्सिला जाँदै गरेको डुंगा २१ साउन दिउँसो तीन बजे सप्तकोशी नदीमा पल्टिएको  प्रहरीले जनाएको छ ।

रामपुर ठोक्सिला १ को डुम्रिबोट नजिक नदी किनारमा पुगेर यात्रु ओराल्ने क्रममा डुंगालाई पानीको छालले पल्टाएर दुर्घटना भएको उदयपुरका प्रहरी उपरीक्षक अजय भट्टराईले जानकारी दिए । दुर्घटनामा परेका ८ जनाको सकुशल उद्धार गरिएको छ भने ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नदीमा खसेका यात्रुमध्ये रामपुर ठोक्सीलाकी पार्वती खड्का र महेन्द्रनगरकी एक महिलाको शव भेटिएको छ ।

नदीमा खसेका यात्रुमध्ये केही पौडेर बाहिर निक्लिएका थिए भने केहीको स्थानीयले उद्दार गरेका छन् । स्थानीय ब्यक्ति, नेपाल प्रहरी र  सशस्त्र प्रहरीले हराएकाहरुको खोजी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>