समाचारमंगलबार, साउन २२, २०७०

नवलपरासीमा पनि बर्ड फ्लु भेटियो

हिमालखबर

प्रसौनी– १ का लिला महतो घरमा रहेका स्थानीय जातका कुखुरा मर्न थालेपछि जिल्ला पशु सेवा कार्यालय नवलपरासीले परिक्षणका लागि मरेका कुखुरा पठाउँदा वर्ड फ्लुको पुष्टि भएको हो । १६ साउनमा ल्याव परिक्षणका लागि पठाईएकोमा बर्ड फ्लुको जीवाणु रहेको पुष्टि भएको पशु चिकित्सक उत्तम आचार्यले जानकारी दिए ।

जिल्लामा बर्ड फ्लु देखिएको यो चौथों पटक हो । २०६५ मा देउराली गाविसमा पहिलो पटक बर्ड फ्लु देखिएको थियो । त्यसपछि मुकुन्दपुर र कुमारवर्तीमा २०६९ सालमा बर्ड फ्लु भेटिएको थियो ।

जिल्लामा वर्ड फ्लु नियन्त्रणका लागि उच्च सर्तकता अपनाउने गरी प्रभावित क्षेत्रमा नियन्त्रणको प्रयास थालिएको छ । प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरेले सुरक्षा र चिकित्सको टोली बनाएर परिचालन गरिएको जानकारी दिए ।

जिल्लामा बर्ड फ्लु देखिएपछि बाहिरी सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ भने चिकित्सक उत्तम अचार्यको नेतृत्वमा बर्डफ्लु नियन्त्रण टोली खटाइएको छ । टोलीले राजधानीबाट आउने पंछीजन्य बस्तुलाई जिल्ला प्रबेशमा रोक लगाउन गैंडाकोटमा प्राबिधिक टोली राख्ने भएको छ । भारतीय सीमा क्षेत्रबाट कुखुराको चल्ला र अण्डा नेपाल भित्रिने भएकाले कडा चेक जाँचका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>