समाचारमंगलबार, साउन २२, २०७०

अधिकारी दम्पतिको अवस्था बुझ्न गृहमन्त्रीलाई आयोगको पत्र

हिमालखबर

न्यायको माग गर्दै १० चैत २०६९ मा बालुवाटारमा धर्ना बसेका अधिकारी दम्पति । फाइल तस्बीर

२२ साउनमा नागरिक अभियन्ता, मानवअधिकारकर्मी, राजनीतिक नेता लगायतले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायलाई भेटेर पीडित बृद्ध दम्पत्ती कृष्णप्रसाद र गंगामाया अधिकारीलाई राज्यले समेत दुख दिएकाले न्यायका लागि पहल गर्न आग्रह गरेका छन् ।

अधिकारकर्मीहरुसँगको छलफलपछि आयोगले त्यसबारे जानकारी लिन गृहमन्त्री माधवप्रसाद घिमिरेलाई बोलाउने भएको आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।

“ अधिकारकर्मीहरु र आयोगकबीच छलफल भएको छ, त्यससम्बन्धमा जानकारी लिन आयोगले गृहमन्त्रीलाई पत्र लेख्ने तयारी गर्दैछ,” भट्टराईले भने ।

अधिकारकर्मीहरुले आयोगका निर्देशन र निर्णयहरुको प्रभावकारी कार्यान्वयनका लागि आग्रह गरेको पनि भट्टराईले बताए ।

सशस्त्र हिंसाका बेला नौ वर्षअघि अधिकारी दम्पतिका छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादीले १८ असार २०६१ मा एसएलसीको नतिजा बुझ्न चितवन पुगेका बेला नियन्त्रणमा लिई हत्या गरेको थियो । अधिकारीका अनुसार गाउँको १२ रोपनी जग्गा, बस्तुभाऊ, घर सबै माओवादीले कब्जामा लिएको थियो ।

छोराको हत्यामा संलग्नलाई कारबाहीको माग राखी प्रहरी प्रशासनमा धाइरहेका गोरखाको भूजेल गाउँका  अधिकारी दम्पति  लामो समयदेखि अनसनमा छन् ।

एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला न्याय माग्न बालुवाटारमा धर्ना दिएका अधिकारी दम्पतिलाई प्रहरीले पक्राउ गरी केही समय थुनामा राखेको थियो । तत्कालिन प्रधानमन्त्री भट्टराईकै प्रत्यक्ष निर्देशनमा थुनिएका उनीहरुलाई त्यसपछि प्रहरीले गोरखा लगेर छोड्यो ।  अधिकारी दम्पत्तिले फर्केर काठमाडौंमा धर्ना थालेपछि उनीहरुलाई प्रहरीले जवरजस्ती ललितपुरस्थित मानसिक अस्पतालमा दुई महिना राखेको थियो ।

अधिकारी दम्पत्तिलाई मानसिक समस्या नभएको अस्पतालले बताएपछि अहिले उनीहरुलाई वीर अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएको चिकित्सक एवम् अधिकारकर्मी डा. केदारनरसिंह केसी र अधिकारकर्मी चरण प्रसाइँले जनाएका छन् ।

न्याय माग्दा नेल

http://nepalihimal.com/article/1107

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>