समाचारबुधबार, साउन २३, २०७०

च्छो रोल्पामा सूचना प्रणाली जडान हुने

हिमालखबर

विष्फोटको खतराका कारण १७ बर्ष अघिदेखि चर्चामा आईरहेको च्छो रोल्पा हिमताल विष्फोटको पूर्व चेतावनी सूचना प्रणाली जडानमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपी० र नेपाल सरकारले संयुक्त रुपमा काम शुरु गर्ने भएको छ ।

बृहत विपद् जोखिम ब्यवस्थापन कार्यक्रम अन्र्तगत रोल्वालिङ र लामाबगर भ्यालीमा दुई करोड ५० लाखको लागतमा एक बर्षभित्र अत्याधुनिक पूर्व चेतावनी सूचना प्रणाली जडान गरिन लागिएको यूएनडिपिका कार्यक्रम अधिकृत दिपक केसीले बताए । पूर्व चेतावनी सूचना प्रणालीको सेन्सरले खोला किनारामा पानीको सतह बढ्यो भने बाढी आउने खतराको सूचनालाई जीएसएम र स्याटेलाइटको माध्यमबाट एसएमएस र इमेलमार्फत सूचना दिने गर्दछ । चेतावनी सूचना प्रणालीअन्र्तगत अटोमेटीक र टेलीमेट्रीक गरी दुई प्रकारका मेशिनहरु जडान गरिने केसीले बताए ।

रोल्वालिङ भ्यालीको ना, वेदिङ, रिकु र सिमिगाउँ तथा लामावगर भ्यालीको लामाबगर, गोंगरखोला, जगत, मन्थली, जामुने, सुरीदोभान, भोर्ले र सिंगटीमा अत्याधुनिक मेशिनहरु जडान गरिने छन् । जडान गरिने अटोमेटीक मेशिनले हिमताल आसपासको पानी र हिउँको मात्रा, तापक्रम, तालको सतह वृद्धि र गतिका तथ्याङ्कहरु रेकर्ड गर्ने र टेलिमेट्रिक मेशिनले जिल्ला प्रशासन कार्यालय दोलखाको विपद् व्यवस्थापन समितिमा रहेको साइरन बजेर खतराको संकेत दिने छ ।

इसिमोडले सन् २०११ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमताल फुट्यो भने ५ हजार १ सय ८३ जनसंख्या, ३ सय ३१ घरहरु प्रत्यक्ष प्रभावित हुने छन् ।

यसअघि च्छो रोल्पा हिमताल फुट्ने खतरा बढेपछि सन् १९९५ मा साईफन जडान गरी तालको पानी बाहिर फाल्ने काम गरिएको थियो ।
सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>