थप समाचारबुधबार, साउन २३, २०७०

दुर्गममा साँच्चिकै नमूना विद्यालय

हिमालखबर

नमूना विद्यालयदुर्गम जिल्ला रुकुमको प्रभात माध्यमिक विद्यालयमा शहरी विद्यालयहरुले दिने सबैखाले सुविधाहरु पुगेका छन् । अंग्रेजी माध्यममा पढाई हुने यो विद्यालयमा कक्षा ३ सम्म वालमैत्री शिक्षण हुन्छ ।

२०३३ सालमा स्थापित विद्यालयको पूर्ण जिम्मा पछिल्लो समयमा समुदायले लिएपछि विद्यालयमा ब्यापक सुधार भएको हो ।

२१ सय वर्गमिटरमा फैलिएको विद्यालयका पाँचवटा भवनले पनि विद्यार्थी चाप धान्न नसक्दा थप भवन निर्माणको तयारी भइरहेको छ । एसएलसीमा ९० प्रतिशत परिणामा ल्याउने यस विद्यालयका विद्यार्थीहरु अधिकांश प्रथम श्रेणीमा उत्तिर्ण भइरहेका छन् ।

विद्यालयका सवै कोठाहरुमा एकैसाथ सूचना पुर्‍याउन माईक्रोफोनको व्यवस्था गरिएको छ । पुस्तकालय, सामुदायिक अध्ययन केन्द्र, प्राथमिक उपचार केन्द्र, कम्प्युटर कक्ष, टिभी कक्ष, खेलकुद केन्द्र , कार्यक्रम हल, सांस्कृतिक केन्द्र, चमेना गृह, विज्ञान प्रयोगशाला, छात्रावास तथा अतिथी गृहको समेत सुविधा भएको यो विद्यालयमा प्रधानाध्यापकले अन्य शिक्षकहरुमा पनि ब्यवस्थापनको जिम्मा हस्तान्तरण गरेका छन् ।

विद्यालयको विकासको लागि शिक्षकहरुले मासिक एक हजार रुपैयाँ विद्यालयको नाममा जम्मा गर्दै आएका छन् । विद्यालयमा १० बजे भन्दा ढिला आउने र विद्यालयको पोषाक नलगाउने शिक्षकले दैनिक ५० रुपैयाँ र विद्यार्थीले ५ रुपैयाँ जरीवाना तिर्नुपर्ने नियम छ जसले गर्दा शिक्षक तथा विद्यार्थीहरु समयमै र नियमित विद्यालय जान्छन ।
लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>