थप समाचारबुधबार, साउन २३, २०७०
हानिकारक खेलौना आयातमा प्रतिवन्ध लगाइने
नेपाली बजारमा पाइने अधिकांश खेलौनाले बलबालिकाको स्वास्थ्यमा हानी पुर्याएको र त्यस्ता खेलौनाको विक्री वितरणमा रोक लगाउन दबाब बढेपछि सरकारले उत्पादक देश र खेलौनाबारे विस्तृत विवरणको लेवल सहितका खेलौनामात्र आयात गर्न दिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव उद्धव प्रसाद बाँसकोटाको अध्यक्षतामा २३ साउनमा बसेको बैठकले हानिकारक रसायन प्रयोग भएका खेलौना आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।
त्यसैगरी बजारमा पाईने खेलौनाहरुको अनुगमन गर्ने, खेलौना बनाउँदा प्रयोग हुने रासायनिक पदार्थहरुकोे मापदण्ड निर्धारण गरी प्रभावकारी कार्यन्वयन गर्ने समेत बैठकले निर्णय गरेको छ ।
बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपुर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र सम्बन्धित विभागहरु तथा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका प्रतिनिधि सहभागी थिए ।
बजारमा पाईने धेरै खेलौनामा घातक रसायन मिसिएको समाचार साप्ताहिक हिमाल खबरपत्रिकाले प्रकाशित गरेको थियो ।
मीना शर्मा
घातक खेलौना
http://nepalihimal.com/article/1457

