समाचारबिहीबार, साउन २४, २०७०
सुरक्षा ब्यवस्था मिलाऊः आयोग
आयोगले २३ साउनमा चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर ४ मंसीरमा हुने संविधानसभाको निर्वाचनका लागि जति सक्दो छिटो सुरक्षा प्रणाली निर्माण गर्न आग्रह गरेको छ ।
आयोगले निर्वाचनको सुरक्षाका विषयमा पनि अधिकारीहरुसँग जानकारी लिएको निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले जानकारी दिए । उनले आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा नीति निर्माण गरी शान्ति सुरक्षाको प्रत्याभूति दिन, निर्वाचन प्रचारप्रसारका लागि उपयुक्त वातावरण बनाउन, तराईका जिल्लामा देखिएको द्वन्द्व समाधान गर्न सुरक्षा निकायका अधिकारीहरुलाई आयोगले आग्रह गरेको पनि बताए ।
त्यस क्रममा सुरक्षा निकायका अधिकारीहरुले निष्पक्ष र भयरहीत निर्वाचनका लागि सकेसम्म छिटो सुरक्षाको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको आयोगले जनाएको छ ।
